बारा ४ कार्तिक :
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेकपा एमाले शोषित पीडित जनताको पार्टी भएको बताउनुभएको छ। उहाँले अहिलेसम्म नेकपा एमालेले जनताका समस्याहरुलाई समाधान गर्नका लागि आवाज उठाएको र समस्याहरु पुरा गर्दै गएको उल्लेख गर्दै एमालेनै जनताको पार्टी भएको उल्लेख गर्नु भयो । नेकपा एमाले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १९ को वडा अधिवेशनको इनर्वासिरामा उद्घाटन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले नेकपा एमालेलाई बिरोधिहरुले चौथर्फी घेराबन्दी गर्न लागेको उल्लेख गर्दै कार्यकर्ता र जनताको बलमा सबै घेराबन्दी र चक्रव्यू तोड्न एमाले सफल हुने कुरामा जोड दिनुभयो । नेता पौडेलले गाउँमा विकास गर्ने पार्टी एमाले, ज्येष्ठ नागरिकलाई भत्ता दिने पार्टी एमाले, शोषित पीडित जनताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले, किसान मजदूरको समर्थन र सहयोग भएको पार्टी एमालेलाई आगामी निर्वाचनमा अब कसैले पनि हराउन नसक्ने ठोकुवा गर्नु भयो । त्यसैगरी कार्यक्रममा बोल्दै एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले एमालेलाई बारा जिल्लाको सबैभन्दा ठूलो पार्टी बनाउन लाग्नको लागि सबै सग आग्रह गर्नुभयो।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल एमाले बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देबि चौधरी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु भुदेव चौधरी,अमर यादव,चैयन गुरुङ, जिल्ला सल्लाहकार सदस्यहरु भोला प्रसाद अधिकारी बिरेन्द्र गिरि, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रभु नाथ चौधरी,नेकपा एमालेका नेताहरु दिनेश ठाकुर रमेश खरेल,रामराज धामीलगायतको उपस्थिति रहेको थियो । वडा कमिटीका अध्यक्ष सुधन दास तत्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन चन्द्र्कान्त उपाध्य र स्वागत रमेश चौधरीले गर्नुभएको थियो । कार्यक्रममा राप्रपा परित्याग गरेर इनर्वासिराका पुर्ब उपप्रधान तथा समाजसेवी गणेश चौधरी एमालेमा प्रवेश गर्नु भएको थियो ।
अधिवेशनले सुधन दास तत्माको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा राम रामनाथ राउत कुर्मी सचिबमा रामप्रसाद चौधरी उपसचिवमा मन्जुर अन्सारी र कमल चौधरी रहनुभएको छ ।
वडा नम्बर २०मा वडाकमिटी गठन
जितपुर सिमरा उपमहानगरपालिका वडानम्बर २०मा लालजी ठाकुरको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सचिवमा चन्द्रकान्त उपाध्याय,सहसचिवमा नहकुल शिह, सदस्यहरुमा भैयाराम सहनी,उतम पौडेल,मोजहर अन्सारी,नन्दकिशोर कामीलगायतका रहनुभएको छ ।