बितेको २४ घन्टामा कोरोना संक्रमण बाट११ जनाको मृत्‍यु

५ कार्तिक २०७८, शुक्रबार १६:५२ प्रकाशित

काठमाडौं ५ कार्तिक :
बितेको २४ घण्टामा कोरोना भाइरलको संक्रमण बाट ११ जनाको मृत्यु भएको छ ।त्यसैगरी सोही समयमा ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९३२ जना निको भएका छन् ।

७ हजार २ सय ५३ पीसीआर परीक्षण गर्दा ५७४ जना र २ हजार १२३ एन्टिजेन परीक्षण गर्दा १३४ गरी ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएकासन्क्रमित सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ भने ७ लाख ८५ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९४६ जना रहेका छन् । जसमध्ये १० हजार ११६ जना होम आइसोलेसनमा रहेका छन् भने ८३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्यसैगरी १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

५ कार्तिक २०७८, शुक्रबार १६:५२  मा प्रकाशित

Write your Comment