बाराका विभिन्न वडामा एमालेको अधिवेशन सम्पन्न

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

बारा ६ कार्तिक :
नेकापा एमालेको केन्द्रिय निर्देशन अनुसार बारामा पनि वडा अधिबेशन सम्पन्न भएको छन । बारामा आयोजित वडा अधिवेशनहरुबाट वडाकमिटी निर्वाचित गर्नुका साथै पार्टीका विभिन्न नेताहरुले सम्बोधन गरेका छन् ।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेपाली जनताले एमालेलाइ नै बिश्वास गरेको बताउनु भएको छ । उहाले नेकपा एमाले शोषित पीडित जनताको पार्टी भएकोले जनतको बिश्वास एमाले प्रति भएको बताउनुभयो। नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ र २२ को वडा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाइ शपथ ग्राहक गराउदै यस्तो बताउनुभएको हो । उहाले अबको निर्वाचनमा एमालेलाइ जनताले एकल बहुमत दिन चाहेको दाबी गर्नु भयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बाराका प्रचार बिभाग प्रमुख तथा बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेलले स्थानीय निर्वाचनमा अमलेखगन्ज एमालेले हारेका कारण अमलेखगन्ज बासिले दुःख पाएको चर्चा गर्दै अबको निर्वाचनमा अमलेखगञ्जका दुइ वटै वडामा एमालेलाइ जिताउन आग्रह गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका सल्लाहकार तथा साबिक अमलेखगञ्ज गाविसका पुर्ब अध्यक्ष भरत बहादुर घलेले पार्टीका सबै कार्यकर्ता एक भए एमालेलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु चैयन गुरुङ, चैन गुरूङ,केन्द्र ब. गुरूङ, गाेपाल घलान,बिश्वास साह,हिरा बस्नेत,त्रिलाेक शाहि ठकुरी,कमला घिमिरे,गिता घले दिनेस ठाकुर,राजकुमार न्यौपाने,इस्वर थपलिया लगायतको उपस्थिती रहेको थियो । अधिबेशनले वडा नम्बर २१ मा सुबास श्रेष्ठ र २२ मा दिपेन्द्र लामालाइ अध्यक्ष सहित पदाधिकारी र सदस्य चयन गरेको छ ।
आजै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३मा सुक्र श्रेष्ठ अध्यक्षमा र वडा नम्बर ११ मा रामबाबु यादव अध्यक्षमा सर्बसहमतिले निर्वाचित हुनुभएको छ  ।                                   वडा नम्बर ११ मा बिनोद यादवको सभापतित्वमा र बिनोद उप्रेतीको सहजीकरणमा सप्पन्न कार्यक्रममा एमाले बाराका अध्यक्ष देवनारायण चौधरी प्रचार बिभाग प्रमुख मनोज पौडेल,जितपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरी, एमाले बाराका जिल्ला सचिवालय सदस्य इश्वर ढकाल, जिल्ला सल्लाहकार सदस्य भोला अधिकारी ,रबिन्द्र खकुरेल,कासिम हुसैनलगायतले बोल्नुभएको थियो ।  त्यसैगरी वडा नम्बर १३ र १५ मा पनी वडा अधिवेशन सम्पन्न भएको छ ।           
त्यसैगरी प्रसौनीको बंजरियामा पनि वडा अधिवेशन सम्पन्न भएको छ ।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २१ भोडामा सम्पन्न अधिबेशनले विजयलाल रामको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरेको छ उपाध्यक्षमा महम्मद मजहर आलम,असलम अन्सारी सचिबमा धनेश्वर कुश्वाहा सहसचिब राजदेव यादव र सुरेन्द्र चौधरी रहेका छन ।

२०७८ कार्तिक ६, शनिबार  मा प्रकाशित

Write your Comment