सेयरबजारमा आज हरियाली,पौने ३ अर्बको कारोबार

७ कार्तिक २०७८, आईतवार १७:१७ प्रकाशित

साताको पहिलो दिन आज आइतबार सेयरबजार दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक २७.५१ अंकले र सेन्सिटिभ सूचक ७.२४ अंकले बढेको हो।
आजको कारोबारमा २२५ कम्पनी सामेल भएकामा ५८ लाख १८ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ३८ हजार १ सय ४७ पटकको खरिदबिक्रीमा २ अर्ब ७७ करोड ३४ लाख २० हजार रुपैयाँको कारोबार भएको हो।
कुल १३ मध्ये व्यापारको बाहेक अन्य सबै उपसूचक हरियो छन्। आज कमाउनेले १० प्रतिशतसम्म फाइदा लिँदा र गुमाउने लगानीकर्ताले पनि सोही हाराहारीमा घाटा व्यहोरेका छन्।

आज कम्पनीको अधिकतम कारोबार १५ करोड रुपैयाँसम्म भएको छ।

७ कार्तिक २०७८, आईतवार १७:१७  मा प्रकाशित

Write your Comment