बितेको २४ घन्टामा ५५७ संक्रमित, ८७७ जना संक्रमणमुक्त,३ जना संक्रमितको मृत्यु

७ कार्तिक २०७८, आईतवार २१:१० प्रकाशित

नेपालमा बितेको २४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८७७ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्य संस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
छ हजार ६१ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टिजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना संक्रमित भेटिएका हुन्।

देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेका, २२० जना क्वारेन्टिनमा रहेका तथा बितेको २४ घण्टामा देशभर सात हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३४८ पुगेको छ। आज आइतबार सम्मको बिविरण अनुसार आठ लाख नौ हजार ५६ जना संक्रमित भएका छन् भने सात लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।

७ कार्तिक २०७८, आईतवार २१:१०  मा प्रकाशित

Write your Comment