नेप्सेमा ७८ अंकको वृद्धि,७ कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट

९ कार्तिक २०७८, मंगलवार १६:५१ प्रकाशित

सेयर बजार परिसूचक नेप्सेमा मङलबार वृद्धि भएको छ ।सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा पुगेको हो । आजै ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ ।
आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ ।
अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको भने सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो ।

९ कार्तिक २०७८, मंगलवार १६:५१  मा प्रकाशित

Write your Comment