प्रधानन्यायाधीशबारे विवाद:सर्वोच्च अदालत परिसरमै वकिलबीच हात हालाहाल

२०७८ कार्तिक १२, शुक्रबार प्रकाशित

सर्वोच्च अदालतमा केही सातादेखि चलिरहेको विवादले उग्र रुप लिँदै गएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा वकिलहरूसमेत विभाजित भएको अवस्थामा शुक्रबार सर्वोच्च अदालतभित्रै कुटाकुट भएको छ।
पाँच दिनदेखि सुनुवाइ ठप्प भएको सर्वोच्चमा शुक्रबार मध्यान्ह दुईजना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो।

प्रधानन्यायाधीशलाई लिएर दुईजनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई हात हालेका हुन्।
विवाद बढेपछि कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका छन्। अर्कातिर झापट खाने अधिवक्ता चुँडालले इजलास रोक्न नहुने अडान राख्दै आएका छन्।

Write your Comment