सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।
आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।
जहाज धावनमार्गमा गुडिरहेका बेला चालकदललाई जहाजको चक्कामा समस्या आएजस्तो महसुस भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए। जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्राटुक्रा परेको अवस्थामा फेला परेका थिए।
दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको छ ।
धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालन गरिएको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

