बुटवलको सलाई फ्याक्ट्रीमा आगलागी,चार करोड क्षतिको अनुमान

१७ कार्तिक २०७८, बुधबार १०:५६ प्रकाशित

बुटवलको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो ।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले बताउनुभयो । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।
आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताउनुभयो। उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीको भनाइ छ ।

१७ कार्तिक २०७८, बुधबार १०:५६  मा प्रकाशित

Write your Comment