६३८४ जनाको नमूना परीक्षण गर्दा ३५६ जनामा कोरोना संक्रमण

१८ कार्तिक २०७८, बिहीबार २०:३५ प्रकाशित

नेपालमा बितेको २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।

१८ कार्तिक २०७८, बिहीबार २०:३५  मा प्रकाशित

Write your Comment