कांग्रेस दोलखाका सभापति बर्मा लामा ६लाख १८ हजार सहित जुवाखालबाट समातिए

१९ कार्तिक २०७८, शुक्रबार १०:३४ प्रकाशित

सत्तारुढ नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट समातिएका छन्।
महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले राजधानीको नयाँ बस्तीस्थित एक घरमा जुवाखाल जमाइरहेको अवस्थामा लामासहित १८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार लामासहितका जुवाडेबाट ६ लाख १८ हजार रुपैयाँ नगद पनि बरामद भएको छ।

बौद्ध वृत्तको हिरासत भरिएपछि लामासहितका जुवाडेलाई प्रहरीले गोकर्णस्थित प्रहरी चौकीको हिरासतमा राखेको छ। लामासहितका जुवाडेबाट बरामद भएको रकमबारे प्रहरीले खुलाएको छैन।
लामा यही असोज १९ गते दोलखा कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। रामचन्द्र पौडेल समूहका उनले ताराकुमार खड्कालाई पराजित गरेका थिए ।

१९ कार्तिक २०७८, शुक्रबार १०:३४  मा प्रकाशित

Write your Comment