थप १८३ जनामा कोरोना संक्रमण पुष्टि

१९ कार्तिक २०७८, शुक्रबार १८:०४ प्रकाशित

बितेको २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८४४ जनामा गरिएको नमुना परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।त्यसैगरी संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । यो सहित अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ४ सय ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६४९ जना निको भएका छन भने अहिले देशभर ८४१३ जना सक्रिय संक्रमित रहेका छन् ।

१९ कार्तिक २०७८, शुक्रबार १८:०४  मा प्रकाशित

Write your Comment