ललितपुरमा आगलागी, एकै परिवारका ४ जनाको मृत्यु

२० कार्तिक २०७८, शनिबार ०६:५७ प्रकाशित

ललितपुरमा पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार,उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताउनुभयो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको उहाले बताउनु भयो ।

२० कार्तिक २०७८, शनिबार ०६:५७  मा प्रकाशित

Write your Comment