सिएरा लियोनमा इन्धन ट्यांकर विष्फोट हुँदा ८४जनाको मृत्यु, दर्जनौं घाइते

२०७८ कार्तिक २०, शनिबार प्रकाशित

इन्धन ट्यांकर विस्फोट हुँदा पश्चिम अफ्रिकी मुलुक सिअरा लियोनमा शनिबार कम्तीमा ८४ जनाको मृत्यु भएको छ।
सिएनएनले जनाएअनुसार सिअरा लियोनको राजधानी फ्रिटाउन नजिकै इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा ८४ जना मारिएका छन्। अन्य थुप्रै गम्भीर घाइते भएका छन्। इन्धन भरिएको ट्यांकर अर्को एक ट्रकसँग जुध्दा उक्त घटना भएको हो।
सिअरा लियोनका राष्ट्रिय विपत्ति ब्यवस्थापन एजेन्सीका सूचना अधिकारी मोहमद लाम्राने बहले उक्त घटनापछि उद्वार कार्य जारी रहेको बताए।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए। फ्रिटाउनका मेयर यभोन्नी अकि सयेरले उक्त घटनाले आफू मर्माहत भएको बताइन्।

Write your Comment