एमालेको जितपुरसिमरा वडा नम्बर १४को अधिबेशन सम्पन्न

२२ कार्तिक २०७८, सोमबार १७:५२ प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को वडा अधिवेशन आज रजघट्टामा सम्पन्न भएको छ । अधिवेशनले यमनाथ ढकालको अध्यक्षतामा ४१ बसदस्यिय वडा कमिटी र रुद्र प्रसाद शर्माको अध्यक्षतामा ५ सदस्यिय सल्लाहकार परिषद् गठन गरेको छ । कमिटीको उपाध्यक्षमा तेज नारायण चौधरी सचिबमा चोलानाथ आचार्य,सह-सचीव सागर पाण्डे र असलीमाया बम्जनरहनु भएको छ ।अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्ज अच्युत मैनाली, अध्यक्ष ज्वाला कुमारी साह,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री पूर्वमन्त्री पुर्शोत्तम पौडेल,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि,नेकपा एमालेका नेता पलट प्रसाद चौधरी,किशोर शर्मा,मनोज पौडेल,राधेश्याम सिबाकोटी,लक्ष्मी नेपाली,चैयन गुरुङ,झपेन्द्र बराललगायतले अधिबेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।                                                                                      कार्यक्रममा प्रदेश कमिटि सदस्य अमृत शर्मा,सीता सुवेदी,जिल्ला सदस्यहरु इस्वर ढकाल,अनिल मैनाली,अमृतलाल श्रेष्ठ ,तारा कार्की,भोला अधिकारि,कमला घिमिरे भरत घलेलगायतको सहभागीता रहेको थियो ।                                                                        कार्यक्रम यमनाथ ढकालको सभापतित्वमा, चोलानाथ आचार्यको सहजीकरण र रुद्र न्यौपानले स्वागत गर्नु भएको थियो । सो अबसरमा माओबादी केन्द्र परित्याग गरि आधा दर्जन एमालेमा प्रबेश गरेकाछ्न ।

२२ कार्तिक २०७८, सोमबार १७:५२  मा प्रकाशित

Write your Comment