बारामा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधी छनौट यहि कार्तिक २७ गते हुने भएको छ । मंसिर १०-१२ गते चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेसन प्रतिनिधी छनौटका लागि जील्लाका ४ ओटै निर्वाचन क्षेत्रमा एकै दिन प्रतिनिधी छनौट गरिने निर्णय भएको नेकपा एमालेबाराका जील्ला अध्यक्ष देवनारायाण चौधरीले जानकारी दिनुभएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रदेश नम्बर २ का सह–ईन्चार्ज अच्युत मौनालीको प्रमुख आतिथ्यतामा कलैयमा बसेको जिल्ला पदाधिकारी बैठकले जील्लामा रहेको ४ वटै निर्वाचन क्षेत्र र दलितकोटामा जिल्ला भरिबाट एक क्षेत्रमानि प्रतिनिधी छनौट गर्न स्थान समेत छनौट गरेको हो । निर्वाचन क्षेत्र नम्बर १ का लागि कोल्हबी, निर्वाचन क्षेत्र नम्बर २ का लागि बगडमपुर, निर्वाचन क्षेत्र नम्बर ३ का लागि कलैया, निर्वाचन क्षेत्र नम्बर ४ का लागि छातापिपरा तोकेको छ ।
यसैगरी बैठकले १० औँ राष्ट्रिय महाधिवेसनमा जनसहभागीता जुटाउन उप–महानगरपालिकाबाट दुई हजार, नगरपालिकाबाट एक हजार, नगरपालिकाबाट पाँच सय र गाउँपालिकााबाट तिन सय गरी १५ हजारको सहभागीता गराउने निर्णय समेत गरेको छ ।
नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले कार्तिक २६ गते बाराको कोल्हबीमा हुने कोल्हबी नगर अधिवेसनमा केन्द्रिय सचिव प्रदिप ज्ञावलीको प्रमुख आतिथ्यतामा र मंसिर ३ गते निजगढमा हुने निजगढ नगर अधिवेसनमा नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने भएकोले नगर अधिबेशनमा सबैलाई सहभागी भै सफल बनाउन आग्रह समेत गरेको छ ।
यसैगरी १० औँ राष्ट्रिय महाधिवेसनका लागि प्रतिनिधी छनौटमा सहजीकरण गर्न केन्द्रिय सदस्यहरुलाई आग्रह समेत गरीएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।