कांग्रेस निजगढको वडा अधिबेशनमा मेयर खनाल नै क्षेत्रीय प्रतिनिधिमा पराजित

२०७८ कार्तिक ३०, मंगलबार प्रकाशित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएको क्षेत्रीय प्रतिनिधि छनोटमा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल पराजित भएका छन् । सोमबार भएको वडा अधिवेशनको चुनावमा मेयर खनालसहित उनको प्यानल नै पराजित भएको हो ।

खुला क्षेत्रीय प्रतिनिधिमा ६ जनाको लागि भएको निर्वाचनमा प्रमुख खनालले ३३ मत ल्याएर ७ औँ भएका हुन् ।
वडा अधिवेशन तथा क्षेत्रीय प्रतिनिधि छनोटमा संस्थापन पक्षले प्यानल नै आफ्नो पक्षमा पारेको छ । संस्थापन पक्षका बारा जिल्ला संगठन विभाग प्रमुख शम्भु बुढाथोकीको प्यानलले वडा सभापति पनि भारी मतले जितेको छ ।
उनका प्यानलबाट सागर लामाले ४० मत ल्याएर वडासभापति जित्दा मेयर सुरेश खनाल पक्षका उम्मेदवार विरेन्द्र श्रेष्ठले २१ मत पाएका थिए ।
मेयर खनाल कांग्रेस र माओवादी गठबन्धन भएर मात्र एमालेका उम्मेदवार लाई हराएर चुनाव जितेका थिए । क्षेत्रीय प्रतिनिधिमा शम्भु बुढाथोकीले सर्वाधिक ४३ मत ल्याएका थिए ।

Write your Comment