एमालेको १० महाधिवेशन : जितपुरसिमरामा बन्यो ५०१ सदस्यीय जनपरिचालन कमिटि गठन

१ मंसिर २०७८, बुधबार १९:१० प्रकाशित

सिमरा १ मंसिर :
मंसिर १० गते चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा जितपुरसिमरा उपमहानगरपालिका बाट जनसहभागिता जुटाउन जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलको संयोजकत्वमा ५०१ सदस्यीय जनपरिचालन कमिटि गठन गरेको छ । बाराको सिमरा स्थित थानिमाई बन समुहको सभाहलमा आज सम्पन्न नगर स्तरिय भेलाबाट सो कमिटि गठन भएको हो ।                                                              नेकपा एमालेका जिल्ला अध्यक्ष देव नारायण चौधरीको प्रमुख आतित्यथामा सम्पन्न भेलाले नेकपा एमालेको १० औ महाधिबेशनमा जितपुरसिमरा उपमहानगरपालिका बाट करिब २५०० भन्दा माथिको जनसहभागिता गराउने प्रतिवद्धता गरेको छ । कार्यक्रममा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिकाका वडा कमिटिका अध्यक्षहरुले आफ्नो वडा वाट कम्तिमा १०० जनाका दरले जनसहभागिता गराउने प्रतिवद्धता ब्यक्त गरेको र्बैठकमा नेकपा एमालेका नेता मनोज पौडेल जनसभागिता जुअताउन योजना प्रस्तुत गर्नु भएको थियो । कायक्रममा नेकपा एमाले केन्द्रिय खेलकुद बिभागका सदस्य किशोर शर्मा, प्रदेश कमिटि सदस्य लक्ष्मी नेपाली,चयन गूरुङ,मेयर डा.कृष्ण पौडेल,मनोज पौडेल,उपमेयर सरस्वती चौधरी,जिल्ला कमिटि सदस्य भोला अधिकारी, कमला घिमिरे लगायत जितपुरसिमराबाट जिल्ला कमिटिमा मनोनित सदस्यहरु,वडा कमिटि अध्यक्ष सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममको सहजीकरण जिल्ला कमिटि सदस्य तारा बहादुर कार्किले गर्नुभएको थियो ।

१ मंसिर २०७८, बुधबार १९:१०  मा प्रकाशित

Write your Comment