एमालेको जितपुरसिमरा वडा नम्बर ६ को अधिबेशन सम्पन्न,अध्यक्षमा अन्सारी सर्बसहमत

४ मंसिर २०७८, शनिबार १८:४८ प्रकाशित

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा अधिवेशन आज नगौलमा सम्पन्न भएको छ । अधिवेशनले फजेलहक अन्सारीको अध्यक्षतामा ३५ सदस्यिय वडा कमिटी गठन गरेको छ । अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला कुमारी साह,नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरि,नेकपा एमालेका नेताहरु मनोज पौडेल,अमृत शर्मा,जिल्ला कमिटी सदस्य तथा जितपुरसिमरा उपमहानगरपालिका कि उपप्रमुख सरस्वती देबि चौधरी,जिल्ला सदस्य अमृतलाल श्रेष्ठ,भोला अधिकारी,वडा अध्यक्ष क्यामुदिन अन्सरी,रबिन्द्र खकुरेल,कासिम हुसैन राय,राजेन्द्र गौतमलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर २३ का अध्यक्ष असलम देवान,कमला घिमिरे,शुभद्रा न्यौपाने,अनिता चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम फजेल हक अन्सारीको सभापतित्वमा र अनिल तिवारीको सहजीकरणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गत स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट वडाको दलित महिला सदस्यकि प्रत्यासी कलावती राम सहित ९ जना माओबादि केन्द्र परित्याग एमालेमा प्रबेस गर्नुभएको छ ।                 
त्यसैगरी कार्यक्रममा जेष्ठ नागरिक एकल महिलालाई सम्मान गरिएको छ ।

४ मंसिर २०७८, शनिबार १८:४८  मा प्रकाशित

Write your Comment