एमाले महाधिवेशनको बन्द-शत्र सन्चालन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल गठन

७ मंसिर २०७८, मंगलवार १९:४८ प्रकाशित

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको बन्द-शत्र सन्चालन गर्नका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ,रामबहादुर थापा, टोपबहादुर रायमाझी,छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।
पुरानो कमिटी विघटन भएपछि महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

बन्दशत्रले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

७ मंसिर २०७८, मंगलवार १९:४८  मा प्रकाशित

Write your Comment