एमाले महाधिवेशनमा प्यानल बनाउन रोक,पर्चा–पम्पलेटमा बन्देज

९ मंसिर २०७८, बिहीबार ०७:४९ प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने प्यनल बनाउन रोक लगाएको हो ।एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताउनुभयो । ‘कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाहीको व्यवस्था गरेका छौं,’ सुब्बाले भन्नुभयो ।
कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता कुनै पनि सामग्री वितरण गर्नमा आयोगले बन्देज गरेको छ । उम्मेदवारले आफ्नो पहिचान खुल्ने परिचय बाहेक अन्य सामग्रीहरू सार्वजनिक गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । महाधिवेशन प्रतिनिधिले सर्वसम्मत चयन गर्न नसकेको अवस्था आयोगको तर्फबाट निर्वाचनका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा भएको सुब्बाको भनाइ छ । आयोगले मंसिर ९ गते देखि निर्वाचन प्रक्रियाका लागि महाधिवेशनको बन्द-शत्रस्थल चितवनको सौराहामा कार्यालय सञ्चालन गर्दै छ ।

९ मंसिर २०७८, बिहीबार ०७:४९  मा प्रकाशित

Write your Comment