एमाले महाधिवेशनको तयारी पुरा,नेपालका यी शीर्ष नेता आउने

९ मंसिर २०७८, बिहीबार १७:३५ प्रकाशित

चितनव ९ मंसिर :
नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । एमालेले अधिबेशन स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो को जानकारी दिएको हो । महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् । यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी हुने एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
त्यसैगरी अधिबेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।
अधिबेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा आउने निश्चित भएको बताएका छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन्।

भट्टराईका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिइए पनि आउने नआउने निश्चित भइनसकेको बताउनुभयो।

शुक्रबार हुने उद्घाटन सत्रका लागि चितवनको विभिन्न ७ वटा स्थानबाट विशाल जुलुस प्रदर्शन गरिने र उद्घाटन सत्रमा ५ लाख मानिसहरु ल्याउने दाबी गरेको एमालेले सहभागीहरुका लागि डिजिटल स्क्रिनहरुको व्यवस्था गरेको जनाएको छ।

९ मंसिर २०७८, बिहीबार १७:३५  मा प्रकाशित

Write your Comment