एमालेको केन्द्रिय कमिटीमा बाराबाट पौडेल,मैनाली र साह सहित ६ जना निर्वाचित

१५ मंसिर २०७८, बुधबार ११:२२ प्रकाशित

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बाराबट ६ जना केन्द्रिय कमिटी सदस्यमा निर्वाचित भएका छन् । चितवनको सौराहमा सम्पन्न निर्वाचनमा दुई पूर्वमन्त्रीसहित ६ जना निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेमा पुरुषोत्तम पौडेल, अच्युत प्रसाद मैनाली, ज्वालाकुमारी साह,बलवीर प्रसाद चौधरी,महम्मद समीर र मन्जु कुमारी थापा मगर रहेका छन् । पौडेल २०५९ सालमा जनकपुरमा सम्पन्न एमालेको सातौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए भने आठौ र नबौ महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भएका थिए उनी १२ बर्ष पछि पुन केन्द्रिय सदस्य भएका हुन । थापा बाहेक अन्य यसअघिको केन्द्रीय कमिटीमा थिए ।

केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेल पूर्व युवा तथा खेलकुद मन्त्री तथा केन्द्रिय सल्लाहकार समिती सदस्य,मैनाली पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिका जनसम्पर्क सल्लाहकार,साह पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री एवम् एमाले प्रदेश २ कि अध्यक्ष, चौधरी पूर्वसभासद, समीर पूर्व प्रदेश सांसद हुन र थापामगर जिफन्टकि उपाध्यक्ष हुन् ।

पौडेल र मैनाली खुल्ला तथा चौधरी थारु क्लस्टरबाट निर्वाचित भएका हुन । मतदान प्रक्रियाबाट निर्वाचित भएका पौडेलले १हजार ८ सय ६ मत ल्याएर खुला तर्फ तेस्रो स्थानमा निर्वचित भएका हुन भने मैनालीले १ हजार ७ सय ६३ मत प्राप्त गरेका थिए । आदिबासी जनजाति थारु क्लसटरमा चौधरीले १ हजार ८ सय २९ मत ल्याएका हुन ।

उनीहरु बाहेक अन्य तीन जना निर्विरोध निर्वाचित भएका हुन् । पूर्वमन्त्री साह मधेसी महिला, समीर मुस्लिम र थापामगर श्रमिक महिला क्लस्टरबाट निर्वाचित भएका हुन । निर्वाचित सबैले मंगलवार साझ अध्यक्ष केपि शर्मा ओलिबाट सपथ ग्रहण गरेका छन् ।

यसअघि अध्यक्ष ओलिले महाधिवेशनको बन्दसत्रमा तीन सय एक जनाको केन्द्रीय कमिटीको नामावली सर्वसम्मतका लागि प्रस्ताव गर्दा बाराका सात जना अटाएका थिए । बाराबाट जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती चौधरीलाई समेत अध्यक्ष ओलिले आफ्नो केन्द्रीय कमिटी सूचीमा राखेका थिए ।

चौधरी थारु महिला क्लस्टरबाट केन्द्रीय कमिटीमा परेकी थिइन । सोही क्लसटमा संख्या ३ बाट २मा घटे पछि चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएर सर्वसम्मतिका लागि बाटो खुल्ला गरेकी हुन् ।

१५ मंसिर २०७८, बुधबार ११:२२  मा प्रकाशित

Write your Comment