काङ्ग्रेस जिल्ला सभापति चौरसिया,नेता पराजुली र सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

१७ मंसिर २०७८, शुक्रबार २१:४६ प्रकाशित

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसिया महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बाराको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचन लडेका चौरसिया पराजित भएका छन् । उनले २६७ मत प्राप्त गरेका थिए भने विजयी उम्मेदवारले ७८६ मत प्राप्त गरेर बिजयी भएकाछ्न ।उनी संस्थापन समूहबाट निर्वाचनमा सहभागी भएका थिए । उनको प्यानलबाट क्षेत्रीय सभापति प्रवात चौरसियासहित २३ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छ्न भने इतर समूह बाट २ जना बिजयी भएकाछन् ।
त्यसैगरी कांग्रेस नेता तथा संविधानसभाका सदस्य शोभाकर पराजुली र काङ्ग्रेस बाराका पुर्ब सभापति लालबाबु सिंह पनि महाधिवेशन प्रतिनिधीमा पराजित भएका छन् । बारा क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधीमा स्वतन्त्रबाट चुनाव लडेका पराजुलीले ७२ मत प्राप्त गरेका छन् भने संस्थापन इतरको प्यानल बाट चुनाब लडेका सिंहले २०५ मत प्राप्त गरेका थिए । विजयी उम्मेदवारले २५६ मत प्राप्त गरेकाछन् । कांग्रेसको महाधिवेशनका लागि बारा जिल्लाका चार वटै क्षेत्रमा संस्थापन र इतर समूहले प्यानल बनाएर निर्वाचनमा सहभागी भएका छ्न । बारा ४ मा संस्थापनले प्यानलै जितेको छ । बाराका १,३ र ४ क्षेत्रमा सन्स्थापनले नै जित हासिल गरेका कारण इतर पक्षलाई ठूलो धक्का लागेको छ । क्षेत्र नम्बर २ मा मतगणना भइरहेकोे छ ।

संस्थापन समुहको नेतृत्व पुर्ब मन्त्री फर्मुला मन्सुर,केन्द्रिय सदस्य राधेचन्द्र यादब र जिल्ला सभापति जयचन्द्र चौरसियाले गरेरहेका छ्न भने इतरसमुहको नेतृत्व खानेपानी मन्त्री उमाकान्त चौधरी र काङ्ग्रेस बाराका पुर्ब सभापति लालबाबु सिहले गरिरहेका छ्न ।

१७ मंसिर २०७८, शुक्रबार २१:४६  मा प्रकाशित

Write your Comment