बैतडीमा भएको जिप दुर्घटना परी २ जनाको मृत्यु, ६ घाइते

२० मंसिर २०७८, सोमबार १९:३८ प्रकाशित

बैतडीको पाटन नगरपालिकास्थित सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पाटन नगरपालिका -१ सकारमा पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जिप दुर्घटनामा भएको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा ६ जना घाइते छन् ।

मृतकको परिचय नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राकेश शाहीले बताउनुभयो । घाइतेको उद्वार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागिएको प्रहरीलले जनाएको छ ।

२० मंसिर २०७८, सोमबार १९:३८  मा प्रकाशित

Write your Comment