राष्ट्रिय सभा चुनाव माघ १२ गते : पुस २०मा उम्मेदवारी दर्ता

२१ मंसिर २०७८, मंगलवार १५:५४ प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ १२ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभएको जानकारी अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रखिएको छ ।
२१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

त्यसअघि निर्वाचनमा भाग लिन चाहने दललाई पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

२१ मंसिर २०७८, मंगलवार १५:५४  मा प्रकाशित

Write your Comment