पौडेल पक्षको छलफल सकियो, तीन बजे चाक्सीबारीमा केन्द्रीय सदस्य र सभापतिका आकांक्षीको बैठक हुने

२२ मंसिर २०७८, बुधबार १३:२२ प्रकाशित

नेपाली काङ्ग्रेसको १४ ‌औं महाधिवेशनमा आफ्नो समूहबाट एक जनामात्रै सभापतिका उम्मेदवार बनाउन छलफलमा जुटेका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बत्तीसपुतलीमा भएको छलफल सकिएको छ।

उक्त छलफलमा पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापतिहरुको सहभागीता रहेको थियो ।

बैठकमा पौडेलले सहमतिका लागि आफू सभापतिमा दाबी छोड्न तयार रहेको बताएका थिए।

पौडेलले पनि दाबी छोड्न तयार भएपछि उक्त समूहबाट अब शेखर कोइराला र प्रकाशमान सिंहमात्रै सभापतिका दाबेदार छन्। सभापतिका अर्का दाबेदार शशांक कोइरालाले मंगलबार नै सहमतिका लागि आफू छोड्न तयार रहेको बताएका थिए।
यसैबीच पौडेलले काङ्ग्रेस नेता कृष्ण सिटौलासङ्ग आज भेटघाट गर्नु भएको छ । सिटौला निबास पुग्नु भएका पौडेलले सभापतिमा आफुलाइ सहयोग गर्न आग्रह गर्नु भएको थियोे ।

२२ मंसिर २०७८, बुधबार १३:२२  मा प्रकाशित

Write your Comment