एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेण्डा तय (सूचीसहित)

२०७८ मंसिर २२, बुधबार प्रकाशित

नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा यही मंसिर २५ र २६ गते बस्ने भएको छ । यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस तय गरिएको बताउनुभयो । यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो भने १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ ।

सचिब तामाङका अनुसार स्थायी कमिटी र पोलिटब्यूरो गठन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण,महाधिवेशनको समिक्षा,केन्द्रिय सदस्यहरुको मनोनयन लगायत बैठकका १५ एजेन्डा छन् ।
पहिलो बैठक भने महाधिवेशनस्थल चितवनमै बसेको थियो ।

यस्तो छ बैठकको एजेण्डा :                         

Write your Comment