शैक्षिक भ्रमणका लागि गएको जिप लमजुङमा पल्टिंदा ३ को मृत्यु,९ घाइते

२३ मंसिर २०७८, बिहीबार १४:२३ प्रकाशित

लमजुङमा शैक्षिक भ्रमणका लागी शिक्षक,विद्यार्थी बोकेको जिप पल्टिँदा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका-२ मा दुर्घटना भएको हो । गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जlप दुर्घटनामा परेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो ।
शिक्षक, विद्यार्थी मिलेर तीन वटा जिपमा पिस हिल भन्ने ठाउँमा शैक्षिक भ्रमणका लागि जाँदै गरेका थिए । त्यसमध्ये एउटा जिप दुर्घटना हुँदा एक जना विद्यार्थी,एक शिक्षक र एक स्थानीयको मृत्यु भएको खबर प्राप्त भएको प्रजिअ वैद्यले बताउनुभयो ।उहाका अनुसार ‘९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।’

घटनाको विस्तृत जानकारी आउन बाँकी नै रहेको वैद्यले बताउनुभयो । घटनास्थलमा प्रहरी गइसकेको र स्थानीयले घाइतेको उद्धार गरेको उहाको भनाइ छ ।

२३ मंसिर २०७८, बिहीबार १४:२३  मा प्रकाशित

Write your Comment