अनेमसंघ जीतपुरसिमरा द्वारा लैङ्गिक हिसां विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

२४ मंसिर २०७८, शुक्रबार १७:१८ प्रकाशित

बारा २४ मंसिर :
लैङ्गिक हिसां विरुद्ध १६ दिने अभियान अन्तरगत बाराको सिमरामा महिला हिसां बिरुध सचेतना कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ जीतपुरसिमरा नगरकमिटिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य चैन गुरुङ्गले महिलाहरुको हक हितका लागि यो कमिटि सधै अग्रसर भै लागी पर्ने बताउनुभएको छ । गुरुङ्गले महिलाको नेतृत्व गर्ने नेतृहरुले अब महिलालाई सचेत बनाउन र समस्या सुन्न प्रत्येक टोल टोलमा संगठन बिस्तार गरेर काम गर्नु आवश्यक रहेको कुरामा जोडदिनुभयो ।
त्यसैगरी कार्यक्रममा नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरीले संगठनको निर्देशनमा ईमान्दारी पुर्वक लाग्न र आ–आफ्नो क्षेत्रको संगठनलाई बलियो बनाउन सबै जनवर्गीय संगठनलाई निर्देशीत गर्नुभयो । आफुले गर्ने सहयोग गर्न सधै तयार रहेकोले अब नेकपा एमाले निकट सबै जनवर्गीय संगठनलाई टोल टोलमा आफ्नो संगठन बिस्तार गर्ने आग्रह गर्नुभयो । चौधरीले महिला हिसांको क्षेत्रमा पुरुषले गाउँमा मिलोमतो गरेर मिलाउने गरेको पाइएको बताउदै हिसां गर्ने ब्यक्तिलाई कानुनको दायरामा ल्याउन अनेमसंघले मुख्य भुमिका खेल्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका बाराका नेता मनोज पौडेलले हिसांलाई न्युनिकरण महिल र पुरुष दुबैको बराबरी भुमिका आवश्यक रहेको बताउनुदै घरमा महिलाले काम गरि रहदा पुरुष चिया गफमा ब्यस्त हुने र भाषणमा महिला हिसां न्युनिकरण गर्ने कुरा गर्ने भएकोले अब कुरामा नभै आ–आफ्नो घरबाट महिलालाई सम्मान गर्ने वातावरणको शुरुवात गर्न सबैलाई आग्रह गर्नुभएको थियो ।                         
कमला घिमिरेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका बारा जील्ला सदस्य तथा जितपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देबि चौधरी,जिल्ला कमिटी सदस्य तारा कार्की,भोला प्रसाद अधिकारी,रविन्द्र खकुरेल,तुलसा मैनाली,कासीम हुसेन, दिनेश्वर ठाकुर, सिता उप्रेती,शुभद्रा लम्साल,अनिता चौधरी,भाबना आचार्य ,तारा पौडेल ,कमल चौधरी ,रत्न उप्रेती,रेनु रिमाल,शुसिला आचार्य लगाएतले महिला हिसां न्युनिकरण बारे आ–आफ्नो बिचार राख्नुभएको थियो ।

२४ मंसिर २०७८, शुक्रबार १७:१८  मा प्रकाशित

Write your Comment