एमाले केन्द्रिय कमिटीको बैठक सुरु

२५ मंसिर २०७८, शनिबार १३:४८ प्रकाशित

नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक केहिबेर अघि शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा शुरु भएको हो ।
स्थायी कमिटी, पोलिटब्युरो गठन लगायतको एजेन्डामा बैठकले निर्णय गर्ने बताइएको छ ।

बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।
अध्यक्ष ओलीले हिजो केही एमालेमा प्रवेश गरेको र अब त्यसको अभियान नै चलाउने बताउनु भयो । उहाले ‘हिजो केहीले प्रवेश गरे । प्रवेशको लहर नै चलाउँछौं । अभियान नै चलाउँछौ ।’ ओलीले प्रमुख सहरहरुमा पार्टी प्रवेश कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

उहाले आगामी राष्ट्रियसभाको निर्वाचन एमालेका लागि प्रतिकुल बन्न सक्ने बताउनुभयो। एमालेबाटै निर्वाचित भएका जनप्रतिनिधि विग्रिएर अन्त गएकाले पनि त्यो प्रतिकुल हुने उहाको भनाइ थियो।

‘हाम्रा निम्ती राष्ट्रियसभा निर्वाचन प्रतिकुल हुन सक्छ,’ ओलीले भन्नुभयो, ‘हाम्रैबाट जितेर पनि केही मान्छे विग्रिएकाले पनि त्यो प्रतिकुल हुने भएको हो । पहिले नै जितेका प्रतिनिधिले चुन्ने भएकाले पनि त्यस्तो हो ।’

ताजा जनादेशमा भने त्यस्तो नहुने ओलीको भनाइ छ । त्यसैगरी अध्यक्ष ओलिले जन संगठनलाई ब्यबस्थित गर्न निर्देशन समेत दिनुभयो ।

२५ मंसिर २०७८, शनिबार १३:४८  मा प्रकाशित

Write your Comment