माओवादीको प्रदेश अधिवेशन सुरु, अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

२५ मंसिर २०७८, शनिबार १४:१९ प्रकाशित

नेकपा (माओवादी केन्द्र) को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिक सहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पानसमा वत्ति बालेर उद्घाटन गर्नुभएको हो ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर,वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा,लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको हो । अधिवेशनले सवै प्रदेशमा नौ पदाधिकारीसहितको नयाँ प्रदेश कमिटी चयन गर्नेछ ।
विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । माओवादी केन्द्रले गत मङ्सिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौमा हुँदैछ ।

२५ मंसिर २०७८, शनिबार १४:१९  मा प्रकाशित

Write your Comment