थप ३४१ जनामा कोरोना संक्रमण,३७६ जना संक्रमण मुक्त ,३ जनाको मृत्‍यु

२७ मंसिर २०७८, सोमबार २०:१३ प्रकाशित

बितेको २४ घण्टामा थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएका सन्क्रमित सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

२७ मंसिर २०७८, सोमबार २०:१३  मा प्रकाशित

Write your Comment