प्रकाशमानले देउवालाई सघाउने

२८ मंसिर २०७८, मंगलवार ११:४० प्रकाशित

नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा सहमति गरेका हुन् ।

दोस्रो चरणको चुनावअघि सिंहलाई भेट्न देउवा उनको निवास चाक्सीबारीमा पुगेका हुन् । दुई नेताबीच वार्तापछि दोस्रो चरणमा देउवालाई सघाउन सिंह सहमत भएका छन् ।
भेटमा देउवाले आफ्नो कमिकमजोरी सच्याउँदै पार्टीलाई सुधार गरेर लैजाने वचनबद्धता व्यक्त गरेका थिए । सिंहको समर्थनसँगै दोस्रो चरणको चुनावमा देउवाको दाबेदारी बलियो बनेको छ । पहिलो चरणमा चुनाव जित्न उनलाई ८२ भोट मात्र अपुग भएको थियो ।

२८ मंसिर २०७८, मंगलवार ११:४०  मा प्रकाशित

Write your Comment