महामन्त्रीको ३०० मत गन्दा तीन जनाबीच प्रतिस्पर्धा,गगनको २००

१ पुष २०७८, बिहीबार ११:५० प्रकाशित

नेपाली कांग्रेसको महामन्त्री पदको उम्मेदवारको ३०० मत गन्दा गगन थापाले २००, प्रदीप पौडेलले ११० र विश्वप्रकाश शर्माले १०४ मत पाएका छन्।

त्यस्तै, महामन्त्रीमा प्रकाश शरण महतले ९१, मिनेन्द्र रिजालले ५५ र राजाराम कार्कीले ५ मत पाएका छन्।

कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेका छन्। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।

यसअघि उपसभापतिको पनि सानेपामै मतगणना भएको थियो। उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्।

१ पुष २०७८, बिहीबार ११:५०  मा प्रकाशित

Write your Comment