नेकपा एमालेका ३४५ केन्द्रीय नेताको तोकियो जिम्मेवारी (सूचीसहित)

२ पुष २०७८, शुक्रबार ११:२८ प्रकाशित

नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशिका जारी गरेको छ। महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन–१ (अपानी) जारी जानकारी गराउँदै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पठाईएको जानकारी गराएका छन्।

अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ। जस अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्वको जिम्मेबारी रहेको छ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेबारी तोकिएको छ।

उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मेबारी तोकिएको छ। यसै गरी उपाध्यक्ष विष्णु पौडेलले सांगठनिक कामको अनुगमन गर्ने, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा विभागको जिम्मा पाएका छन्।

महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने, उपमहासचिवहरु प्रदीप ज्ञवालीले स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग, उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी तोकिएको छ।सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र सचिव लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ। त्यसैगरी प्रदेस नम्बर २ को इन्चार्जमा सचिब रघुबिर महासेठ्लाइ जिम्मेवारी दिइएको छ भने सह-इन्चार्जमा प्रभु साह,पुरुषोत्तम पौडेल,सुमन प्याकुरेल,अच्युत मैनाली,लिला श्रेष्ठ र ज्वाला साहलाइ जिम्मेवारी दिइएको छ ।

२ पुष २०७८, शुक्रबार ११:२८  मा प्रकाशित

Write your Comment