एमाले पर्साको बैठक सम्पन्न,पौष ८ गते अध्यक्ष ओलिको प्रमुख आतिथ्यमा जगनाथपुरमा हुने पार्टी प्रवेश कार्यक्रम भब्य बनाउने निर्णय

५ पुष २०७८, सोमबार २२:०९ प्रकाशित

वीरगंज ५ पुस :
नेकपा एमाले पर्साको जिल्ला कमिटी बैठक तथा शपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीमा मनोनित १८२ जना सदस्यको सथप ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमाले पोलीटव्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोलिटव्युरो सदस्यहरु अच्युत मैनाली,ज्वाला साह, केन्द्रिय सदस्यहरु राजकुमार गुप्ता, अरविन्द सिंह,निर्मला देवकोटा लगायतकाले दशौ महाधिवेशनको सन्देश र अगामी कार्ययोजना बारे धारणा राखेका थिए । पर्सा अध्यक्ष प्रभु हजराको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज गुप्ताले गरेका थिए ।                       

जिल्ला कमिटीको बैठकले बिभिन्न निर्णयहरु गरेको छ। बैठकले पुस ८ गते पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलीको प्रमुख आतिथ्यमा जगरनाथपुर गाँउ पालिकामा हुने बिशाल पार्टी सन्देश तथा पार्टी प्रवेश कार्यक्रमलाई सफल पार्न बिभिन्न उपसमितीहरु गठन गरेको छ । अध्यक्ष प्रभु हजरा को संयोजकत्वमा जन परिचालन उपसमिती , संबिधान सभाका सदस्य जयप्रकाश थारुको संयोजकत्वमा व्यवस्थापन समिती र जिल्ला सचिव मनोज गुप्ताको संयोजकत्वमा स्यवंसेवक समिती र विशम्भर शर्मा को संयोजकत्वमा मा प्रचार समिति गठन गरिएको छ । बैठकले आउने निर्वाचनको मतपरिणाम एमालेको पक्षमा पार्न टोल टोलमा संगठन बिस्तार पार्टी प्रवेश जस्ता कार्यलाई निरन्तरता दिने निर्णय गरिएको सचिव गुप्ताले जानकारी दिनुभयो । होटल कुमु प्यालेशमा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।

५ पुष २०७८, सोमबार २२:०९  मा प्रकाशित

Write your Comment