एमाले बाराको सपथ ग्रहण सम्पन्न,बिरोधिको घेराबन्दी तोडन सफलहुने सचिब महासेठको दाबि

६ पुष २०७८, मंगलवार १६:२६ प्रकाशित

नेकपा एमाले बारा जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज बाराको कलैयामा सम्पन्न भएको छ । केन्द्रिय सचीव तथा प्रदेश नम्बर २ का इन्चार्ज रघुबिर महासेठले जिल्ला कमिटी सदस्य हरुलाइ सपथ ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासेठ्ले एमालेका विरुद्ध बिरोधिहरुले घेराबन्दी गरिरहेकोले सो घेराबन्दी जनता र कार्यकर्ताको बलमा तोडिने स्पष्ट पार्नु भयो । उहाले पौष ८ गते पार्टी अध्यक्ष केपि शर्मा ओलिको प्रमुख आतिथ्यतामा पर्साको जगनाथपुरमा हुने पार्टी प्रबेश कार्यक्रममा ब्यपक जनसहभागिता जुटाउन आग्रह गर्नु भयो ।                                           
जिल्ला अध्यक्ष देबनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठक तथा सपथ ग्रहण कार्यक्रममा पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्जहरु पुरुशोत्तम पौडेल,अच्युत मैनाली,ज्वाला साह,बारा जिल्ला इन्चार्ज बलबिर चौधरीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गोबिन्द पौडेले सहजीकरण सह इन्चार्ज महम्द समिरले स्वागत गर्नुभएको थियो ।

६ पुष २०७८, मंगलवार १६:२६  मा प्रकाशित

Write your Comment