कोल्हबी नगरपालिकाकाले अत्याधुनिक हाट बजार निर्माण गर्ने

११ पुष २०७८, आईतवार १३:४५ प्रकाशित

बाराको कोल्हबी नगरपालिकाकाले अत्याधुनिक हाट बजार निर्माण गर्ने भएको छ । नगरपालिकाले सो निर्माणका लागि नगर बिकाश कोष सग सम्झाैता समेत गरेको छ ।
कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारी र नगर बिकाश काेषका कार्यकारी निर्देशक कृष्ण पौडेलको बिचमा लागत सहाभागितामा रु १२९६५४७५०। अर्थात १२ करोड ९६ लाख ५४ हजार ७ सय ५० रुपैया को ऋण सम्झौता भएको हो ।
नगरपालिकाले कोल्हबी बजार देखि पुर्बमा रहेको अनुप दिपणि मा बि को ३ बिगहा जग्गा लिजमा लिएर अत्याआधुनिक हाटबजार निर्माण गर्न लागेको नगर प्रमुख भण्डारीले जानकारी दिनु भयो ।
निर्माण हुने हाट बजार प्रदेश नम्बर २ मै ठूलो र अत्याधुनिक बन्ने भण्डारीले बताउनु भयो । हाट बजारको भबनमा आधुनिक पार्किङ, दैनिक उपभोग्य सामानका सथै माछा मासु जन्य पदार्थ राखिने जनाइएको छ ।                            बजारको डिजाइन
सो अबसरमा नेकपा एमालेका नेता अच्युत मैनाली र कोल्हबी नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

 

११ पुष २०७८, आईतवार १३:४५  मा प्रकाशित

Write your Comment