थप २२० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

१४ पुष २०७८, बुधबार १७:२२ प्रकाशित

बितेको २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४३३ पीसीआर र ११७५ एन्टिजेन गरी ७,६०८ परीक्षणमा २२० जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४,८६४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

१४ पुष २०७८, बुधबार १७:२२  मा प्रकाशित

Write your Comment