एमाले सिमरौनगढको प्रथम नगरअधिबेशन सम्पन्न,अध्यक्षमा जैसवाल

१६ पुष २०७८, शुक्रबार १७:३५ प्रकाशित

बारा १६ पौष :
नेकपा एमाले सिमरौनगढको प्रथम नगरअधिबेशन आज सम्पन्न भएको छ ।अधिबेशनको एमाले पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्ज अच्युत मैनालीले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्ज ज्वाला साह, जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरी,राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य मनोज पौडेल,भरत भण्डारी,ढुण्डिराज उप्रेती,अमर यादव,रबिन्द्र दास श्रेष्ठ ,केबल चौधरी,महम्द समिउल्लाह,महेन्द्र जैसवाल,प्रदेस कमिटी सदस्य जालन्दर सिंह,ज्ञानु केसिलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
ताराचन्द्र साहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रामएकवाल यादवले गर्नु भएको थियो ।
अधिबेशनले महेन्द्र जैसवालको अध्यक्षमा ७५ सदस्यीय नगरकमिटी गठन गरेको छ । जसको उपाध्यक्ष रामेश्वर यादब,सचिब दीपेन्द्र कुसवाहारहनुभएको छ ।

१६ पुष २०७८, शुक्रबार १७:३५  मा प्रकाशित

Write your Comment