एमाले जितपुरसिमरा वडा नम्बर ३ द्वारा जिल्ला सदस्य र जेष्ठ नागरिकलाई सम्मान

१७ पुष २०७८, शनिबार १६:२५ प्रकाशित

बारा १७ पौष :
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ ले नव निर्वाचित जिल्ला कमिटीका सदस्य र जेष्ठ नागरिकहरुलाई आज सम्मान गरेको छ । नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर २ का सह इन्चार्ज ज्वालाको प्रमुखआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य सरस्वती चौधरी,जिल्ला अध्यक्ष देवनारायण चौधरी,महाधिवेशन प्रतिनिधि परिषद सदस्य मनोज पौडेल,प्रदेश कमिटी अमृत शर्मा बजगाइ,जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ,तारा बहादुर कार्की,चिनबहादुर पाखरिन,जयकिशोर राउतलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।                       
शुक्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण रामबिनय चौधरीले गर्नु भएको थियो ।
सो अबसरमा लामो समय समाज र पार्टीमा योगादान गर्ने १७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।             

१७ पुष २०७८, शनिबार १६:२५  मा प्रकाशित

Write your Comment