फत्तेपुरमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन

१७ पुष २०७८, शनिबार १७:१५ प्रकाशित

बारा १७ पौष :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जीतपुरसिमरा १२ फत्तेपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटी गठन गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार न्यौपानेको उपस्थितीमा २१ सदस्यीय कमिटी गठन गरिएको हो । उपेन्द्र माझीको अध्यक्षतामा गठित कमिटीको उपाध्यक्षमा निशान्त चौधरी, सचिव सुभद्रा चौधरी, कोषाध्यक्ष मुना चौधरी, सहसचिव लक्ष्मी चौधरीलगायत रहेका छन् ।

निर्वाचित कमिटीका पदाधिकारी र सदस्यलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ ग्रहण गराएका थिए । अनेरास्ववियुका जिल्ला सदस्य अरुण तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डुमरवाना कमिटीका अध्यक्ष गोविन्द दंगाललगायतको उपस्थिती रहेको थियो ।

१७ पुष २०७८, शनिबार १७:१५  मा प्रकाशित

Write your Comment