भारतमा एकै दिन शुक्रबार २ लाख ६४ हजार संक्रमित, ३१५ जनाको मृत्यु

३० पुष २०७८, शुक्रबार १३:३२ प्रकाशित

भारतमा बितेको २४ घण्टामा २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा थप ३१५ जना संक्रमणले मृत्यु भएको छ ।
बितेको २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका छन् ।

आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । त्यहाँ सक्रिय संक्रमण संख्या १२ लाख ७२ हजार पुगेको छ ।
भारतको दैनिक संक्रमणदर १४.७८ प्रतिशत पुगेको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि हुनेको संख्या ५७५३ पुगेको छ ।

३० पुष २०७८, शुक्रबार १३:३२  मा प्रकाशित

Write your Comment