बारा ४ माघ :
बाराको महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा महमद शेरे मुस्तफा हाजिर भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साखा अधिकृत मुस्तफा लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । भोजपुर जिल्ला समन्वय समितिको जिल्ला समन्वय अधिकारी बाट ऊहा महागढिमाई नगरपालिकामा आउनुभएको हो ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादव नगरको बिकासका लागि संघिय राजधानी काठमाडौं रहेकाले उहाको आग्रहमा उप प्रमुख तारा देबि कानुले प्रमुख प्रशासकिय अधिकृत मुस्तफालाई हाजिर गराउनु भएको हो ।
पर्सा जिल्ला निबासी मुस्तफा यस अगाडी जिल्ला प्रशासन कार्यालय बाराको प्रशासकिय अधिकृत,घरेलु तथा साना उधोग कार्यालय बाराको प्रमुख, जिल्ला समन्वय समिति बाराको अधिकारी ,प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सहित विभिन्न कार्यालयमा आफ्नो कुशलता पुर्बक उदारणिय काम गरेर सफल प्रशासक रहेको प्रमाणीत गरिसक्नुभएको छ ।