कोरोना संक्रमण दर उच्च ,११३५२ जनामा कोरोना संक्रमण

५ माघ २०७८, बुधबार १९:४३ प्रकाशित

कोरोना भाइरस महामारी सुरु भएयता बुधबार मुलुकमा अहिलेसम्मकै उच्च देखिएर ११ हजार ३५२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ ।
कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाए । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

६१३ जना निको भएका छन् । बुधबार काठमाडौं उपत्यकामा ६३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १०१९, काठमाडौंमा ४६६६ जना संक्रमित थपिएका छन ।

५ माघ २०७८, बुधबार १९:४३  मा प्रकाशित

Write your Comment