१०७०३ जना कोरोना संक्रमित थपिदा,काठमाडौं उपत्यकामा ४२७९ जना संक्रमित

७ माघ २०७८, शुक्रबार १८:२० प्रकाशित

बितेको २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका १० हजार ७०३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २३ हजार ९२ नमुना (१८६१८ पीसीआर र ४४७४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोहि अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको कोरोनाले मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हालसम्म सक्रिय संक्रमितको संख्या ६५३७४ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा आज ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना संक्रमित थपिएका छन् ।

७ माघ २०७८, शुक्रबार १८:२०  मा प्रकाशित

Write your Comment