१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

८ माघ २०७८, शनिबार १७:३७ प्रकाशित

बितेको २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिएपनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढीमा संक्रमित देखिएको छ ।

शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।
शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।
देशभरका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

८ माघ २०७८, शनिबार १७:३७  मा प्रकाशित

Write your Comment