सिमरा खानेपानीको माघ १५ गतेको निर्वाचन स्थगित,माघ मस्रान्त सम्म परिचयपत्र नवीकरण हुने

८ माघ २०७८, शनिबार १८:५७ प्रकाशित

बारा ८ माघ :
बाराको सिमरामा रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यही माघ १५ गते हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ । निर्वाचन समितिका संयोजक मदनवहादुर क्षेत्रीको अध्यक्षतामा वसेको सर्बदलिय तथा सर्वपक्षीय बैठकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण अर्को सूचना जारी नहुन्जेलसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ , ‘ नयाँ कार्यसमिति नआउन्जेलसम्म संस्थाको नियमित कार्यहरु सञ्चालनको लागि कार्यालय प्रमुखले निर्वाचन समितिका संयोजकसँग स्वीकृति लिई आर्थिक कारोवारको लागि चेक जारी गर्नुपर्दा साविक खाता सञ्चालकहरुबाट कार्यहरु नियमित गराइनेछ ।’

त्यसैगरी बैठकले उपभोक्ता परिचयपत्र नवीकरण गर्नका लागि उपभोक्ताहरुलाई माघ मसान्तसम्मको समय उपलब्ध गराउने निर्णय गरेको छ । हाल ४ हजार ५ सय धारा वितरण भएको छ भने २ हजार ९ सयले मात्र नवीकरण गरेका छन् ।

सर्वपक्षीय बैठकमा निर्वाचन समितिका त्रिलोक विक्रम शाह,अम्विका पौडेल घिमिरे, अमृतलाल श्रेष्ठ,मनिष प्याकुरेलको उपस्थिति रहेको थियो भने जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख सरस्वतीदेवी चौधरी,वडा नं १ का कार्यवाहक अध्यक्ष रामचन्द्र लामा, वडा नं २ का वडाध्यक्ष तीलक वहादुर श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष जगन्नाथ घिमिरे,वडा नं ४ का वडाध्यक्ष भोजबहादुर खत्री,नेकपा एमालेका मनोज पौडेल, नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा माओवादीका नगर अध्यक्ष प्रेम बराल, नेकपा समाजवादीका कृष्ण खनाल, राप्रपा नेपालका माधव त्रिपाठी, राष्ट्रिय जनमोर्चाका कर्ण थापा, सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान अध्यक्ष कासिम हुसेन, सल्लाहकार समितिका संयोजक भोला अधिकारी, पूर्व अध्यक्ष तोरणबहादुर भट्ट, कृष्णप्रसाद रिमाल, किशोर त्रिपाठी, भरत भूर्तेल, नारायण प्रसाद घिमिरे, भूमनाथ शर्मा, प्रल्हाद खड्का, शशी कुमार गौतम, निर्मला, पुनमकुमारी रिजाल, ईश्वर थपलिया, राजकुमार भट्टराई, सानोबाबु कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

८ माघ २०७८, शनिबार १८:५७  मा प्रकाशित

Write your Comment