गठबन्धन सरकार पूरै असफल भइसक्यो : एमाले अध्यक्ष ओली (वक्तव्यको पूर्ण पाठ)

९ माघ २०७८, आईतवार १६:२२ प्रकाशित

काठमाडौ ९ माघ :
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धनको वर्तमान सरकार असफल भइसकेको दाबी गर्नु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार आफ्नो ६ महिने कार्यकालको उपलब्धि सुनाएको दुई दिनपछि वक्तव्य निकाल्दै वर्तमान गठबन्धन सरकार सबै कोणबाट असफल भइसकेको जिकिर गर्नुभएको हो

अध्यक्ष ओलीले ८ पेज लामो विज्ञप्ति निकालेर असार २९ मा पाँच दलीय गठबन्धन सरकार बनेयता अर्थतन्त्रका हरेक सूचक नकारात्मक भएको पनि जिकिर गर्नुभएको छ।

ओलीले सरकार असफल भइसकेकाले नागरिक तहमा पनि आक्रोश बढिरहेको उल्लेख गर्नुभएको छ ।
उहाले आइतवार दिउँसो केन्द्रीय कार्यालय थापाथलीमा पत्रकार सम्मेलन गर्ने तयारी थियो।अध्यक्ष ओलीलाइ कोरोना संक्रमण देखिएपछि उक्त पत्रकार सम्मेलन स्थगित गरिएको छ।   

९ माघ २०७८, आईतवार १६:२२  मा प्रकाशित

Write your Comment